बुटवल – चितवनको नारायणग्क्ढमा मुख्य कार्यालय रहेको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिसा सर्भिसले बुटवलमा शाखा सञ्चालन गर्ने भएको छ । बुटवल शाखाको भोलि (शनिबार) एक कार्यक्रमकाबीच उद्घाटन गरिनेछ । कन्सल्टेन्सीको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।
बुटवलमा सञ्चालनको तयारी रहेको शाखा कनेक्टको नवौं शाखा हो । बुटवलका विद्यार्थीहरुको सहजताका लागि बुटवलमा शाखा स्थापना गर्न लागिएको कनेक्टका नेपाल प्रमुख मेघराज कँडेलले जानकारी दिए । यसले विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रुपमा कार्यालयमा नै उपस्थित भएर परामर्श लिन सकिने उनको भनाइ छ ।
‘पहिले यहाँका विद्यार्थीहरुको अनलाइनबाट प्रोसेसिङ हुन्थ्यो । अब विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष भेटर सेवा लिन सक्छन्’, उनले भने । अघि बुटवलका विद्यार्थीहरुको कागजी प्रकृयाहरु कनेक्टले चितवनको नारायणगढस्थित मुख्य कार्यालयबाट काम गर्दै आएको थियो ।
कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेल नेपालबाट अष्ट्रेलिया पुग्ने विद्यार्थीहरुलाई त्यहीँबाट आवश्यक सहयोग गरिने बताए । यसकारण विद्यार्थीहरुले ढुक्क भएर कनेक्टबाटै परामर्श लिन सकिने उनको भनाइ छ ।
विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानु अघि परामर्श दिनु मात्र नभई पुगेपछि पनि आवश्यक परामर्श र सहयोग गरिने उनको भनाइ छ । सन् २०१७ मा चितवनमा कनेक्टको मुख्य कार्यालय स्थापना भएको थियो । ६ वर्षदेखि उच्च शिक्षाका लाही अष्ट्रेलिया, क्यानडा लगायतका जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले देशभर आठ शाखा सञ्चालन गरिसकेको छ ।