गैँडाकोट । नवलपुरको गैँडाकोटमा दिनदहाडै एकघरबाट ९ तोला सुन चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ पीसपार्क स्थित चुडामणी सापकोटाको घरबाट ९ तोला सुन र ३० हजार रुपैँया चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
डिएसपी बेद बहादुर पौडेलले दिएको सूचना अनुसार घरमा कोहिपनि नभएको मौका छोपेर चोरले गरगहना लगेको हो । कोठाभित्र रहेको दराज फोडेर सुनका गरगहना लगेको प्रहरीले जनाएको छ । चोरी गर्ने ब्यक्तिको पहिचान नभएको र अनुसन्धान कार्य सुरु गरिएको छ ।



