दार्चुला । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ४१ जना घाइते भएका छन्।
पञ्चेश्वरबाट महेन्द्रनगर जादै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।
दुर्घटनामा परेर घाइते हुने ४१ जना सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ। रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खत्रीले बताउनुभयो। उहाले भन्नुभयो, ‘घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौं, जसमध्ये २६ जनाको अवस्था गम्भीर छ। १५ जना मध्यम अवस्थामा छन्।’
घाइतेहरूमा रोडिदेवलका बस चालक देव भण्डारी , साहु शिवनाथ गाउँपालिका–०१ का भरतसिंह साउद, मेलौली नगरपालिका ४ का सहचालक अमृत चन्द, बिमला दमाई, शिवनाथ गाउँपालिका–०४ की १८ वर्षीया पुजा साउद, कञ्चनपुर दोधराचाँदनीका क्रिस भण्डारी, पार्वती भण्डारी, पञ्चेश्वर गाउँपालिका–०२ का केशब राम लुहार, दिपिका भट्ट, मेलौली नगरपालिका–०७ की मञ्जु पार्की, कृष्णा शाही, शिबनाथ गाउँपालिका ५ की मिना चन्द , कमला चन्द, कल्पना चन्द , बिनोद दमाई , दिया चन्द, सिता चन्द, रेशमा चन्द,दिपेश चन्द,सुरत बहादुर चन्द रहेका छन्।
यस्तै, कालु राम कोली , परु कोली ,बिर्पल धनाडी, प्रकाश कार्की,सगिता चन्द,सुरत चन्द,उसा दमाई,निसा भट्ट,सेतु चन्द,बिपिन भट्ट,खडक चन्द , लक्ष्मी चन्द, कृष्ण सुतार,शोबधरा धनाडी, आशिष धनाडी ,केशब सिह ठगुन्ना पनि घाइते रहेका छन्।
ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको हो सडकबाट ४०० मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Source : lokdarpantv.com