• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा अधिकांश तरकारीको भाउ बढ्यो, गोेलभेडा प्रति क्रेट ३०० बाट १४०० रुपैयाँ पुग्यो

चितवन, असार २४-

वर्षायाम सुरु भएसँगै चितवनमा तरकारीको मूल्य आकासिएको छ ।

निरन्तरको वर्षा र खेतीपातीको मौसम सुरु भएसँगै उत्पादन कम भएपछि मूल्य आकासिएको हो ।

होलसेल बजारमा मूल्य केही कम भए पनि खुद्रा पसलमा अधिकांश तरकारीको मूल्य १०० रुपैयाँ नाघेको छ । सबै भन्दा बढी टमाटरको मूल्य बढेको छ । एक हप्ताअघिसम्म चितवनको बजारमा ३०० रुपैयाँ प्रतिक्रेटमा बिक्री हुने गोलभेँडाको मूल्य अहिले एक हजार ४०० रुपैयाँ क्रेट पुगेको छ । चितवनमा खडेरी पर्दा घटेको गोलभेडाको मूल्य अहिले एकाएक बढेको छ । अहिले चितवनको उत्पादन घटेसँगै गोलभेडा काठमाडौंलगायतको पहाडी जिल्लाबाट आउने गरेको छ । गोलभेडा जस्तै बोडी, खुर्सानी र सिमीको मूल्य पनि आकाशिएको भरतपुर महानगर फलफूल तथा तरकारी बजारले जनाएको छ ।

भरतपुरको क्षेत्रपुर फलफूल तथा तरकारी थोक बजारका कर्मचारी कृष्णप्रसाद पन्तले भारतीय तरकारीको आपूर्ति कम भएपछि तरकारीको भाउ एकाएक बढेको नारायणी अनलाइनलाई जानकारी दिए ।

अहिले चितवनको थोक बजारमा बन्दा प्रतिकेजी ८ रुपैयाँ, गोलभेडा नेपाली प्रतिकेजी ६० रुपैयाँ, काक्रो लोकल १२० रुपैयाँ, गाँजर ८० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ प्रतिकेजी, करेला प्रतिकेजी १३० रुपैयाँ, भेन्डी प्रतिकेजी ६५ केजी, ध्यु सिमी प्रतिकेजी १७० रुपैयाँ रहेको छ ।
करेला, राजमा र खुर्सानी पिरो अधिकतम् १६५रुपैयाँ पुगेको छ । कागती ८० देखि ९० रुपैयाँ प्रतिकेजी, तनेबोडी १०० रुपैयाँदेखि १५० रुपैयाँ प्रतिकेजी, मकै बोडी ११० रुपैयाँ, कन्ने च्याऊ १५० देखि १८० प्रतिकेजी, डल्ले चयाऊ ३६५ रुपैयाँ प्रतिकेजी, धनिया १५० रुपैयाँ प्रतिकेजी, घ्युसिमी हाइब्रिड १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म रहेको छ ।

पछिल्लो दुई सातामा केही तरकारीको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म बढेको तरकारी व्यापारीहरु बताउँछन् । करिब दुई साताअघि मात्र क्षेत्रपुरको तरकारी बजारमा घिरौला औसतमा ३५ रुपैयाँ थियो तर अहिले यसको मूल्य ६५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म पुगेको छ । यस्तै करेला ३५ रुपैयाँ, घिउ सिमी ३८ रुपैयाँ र भन्टा ४५ रुपैयाँ हाराहारी बिक्री भइरहेको थियो । उत्पादनलाई काठमाडौँबाट चितवनसम्म ल्याउन पनि अहिले बाटोको समस्याले गाह्रो बनाएको व्यवसायीहरुले बताएका छन् । तरकारी व्यवसायी संघका उपाध्यक्ष रामराजा पाण्डेले चितवनमा तरकारीको उत्पादन घटेसँगै तरकारीको मूल्य बढेको बताए । उनले चितवनको उत्पादन बढ्न नसकेसम्म नागरिकले सस्तो तरकारी खान नपाउने बताए ।

आइतबार, असार २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.