साइकल राइडर्स क्लब चितवनकाे अध्यक्षमा पदम बहादुर बानियाँ निर्विरोध निर्वाचित हुनु भएको छ । क्लबकाे तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ संचालक समितिका अध्यक्षमा बानियाँलाई निर्विरोध चयन गरेकोे हो ।

बानियाँकाे अध्यक्षमा निवर्तमान अध्यक्ष नवीन खरेल सहित ११ सदस्यीय दल चयन भएकाे छ। उपाध्यक्षमा धर्म सापकोटा, सचिवमा रामचन्द्र सुवेदी, सहसचिवमा विजय श्रेष्ठ, कोषाध्यक्षमा जनक कुमार ढकाल चयन भएका छन् । यस्तै सदस्यहरुमा समर श्रेष्ठ, रसिक प्रधान, अभय तिमिल्सिना, जमुना अर्याल र जुना श्रेष्ठ चयन भएका छन् ।

तेस्रो अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि रहनु भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले साइकलले वातावरण र मानिसको सम्बन्धलाई दर्शाउने बताउदै मानिसलाई स्वस्थ्य बनाउनुको साथै वातावरणलाई सफा राख्न नि मद्धत गर्ने बताउनुभयो । सो क्रममा निरञ्जन प्रधान, सहनलाल प्रधान, सुमन श्रेष्ठ, राजेन्द्र ओलि, शिरीष पन्त, राजन पिया, भाेजनारायण कडेंल लगायतले मन्तव्य राख्नुभएको थियो ।




