• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ३. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

नारायणगढको खोला किनारमै बधशाला, पुङ्गी खोलामा बग्यो रगत र मलमुत्र

चितवन, असार २३-

भरतपुर महानगरपालिकाले शनिबार नारायणगढ बजारमा रहेका पशु बधशालाहरुको स्थलगत अनुगमन गरेको छ । भरतपुर महानगर उपमेयर चित्रसेन अधिकारीको नेतृत्वमा रहेको एक टोली शनिबार बिहान ३ बजे बजार अनुगमन गरेको हो ।

बजारको मध्य भागमा बधशालाहरु निर्माण गरी पशु चौपाया काटेर रगत र मलमुत्र खोलामा जथाभावी फाल्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । त्यसको प्रत्यक्ष असर स्थानीय नागरिक र प्रकृतिमा परेको गुनासो आएपछि भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो ।

नारायणगढ स्थित लङ्कु पुल आसपास र पुंगी खोला किनारमा बधशाला निर्माण गरी पशु चौपाया काट्ने बधशालाहरुको अनुगमन गरिएको नगर उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए । ‘मुख्य बजार क्षेत्रमा बधशालाहरु निर्माण गरी पशु चौपाया काट्ने गरेको र त्यसको प्रत्यक्ष असर स्थानीयलाई परेको जनगुनासो आएपछि हामी एक्सनमा उत्रिएको हौं’ उपमेयर अधिकारीले भने । उनले भने, ‘अब हामी सरोकारवाला सहितको बैठक बसेर यसको छिनोफानो लगाउने छांै ।’

अनुगमनका क्रममा रगत, मलमुत्र तथा अन्य बिकारजन्य बस्तुहरु पुङ्गी खोलामा मिसाइएको पाइएको छ । उक्त खोला बिहान हेर्दा सधै जसो रातो हुने गरेको वडा अध्यक्ष विकास थापाले जानकारी दिए । उनले भने, ‘अब यसको निकास निस्कने गरी निर्णय गर्न हामी बाध्य हुने छौ ।’ आफू निर्वाचित भएर आएदेखि नै यस विषयमा जानकार रहेको बताउँदै अध्यक्ष थापाले जो कोही भए पनि कानुनी दायरामा आउनुपर्ने दाबी गरे ।

महानगरपालिकाले पाँच वटा बधशालाहरुको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा पसल दर्ता, नविकरण, सरसफाइ, मलमुत्र बिसर्जन गर्ने स्थान, पशु चौपायलाई बध गर्ने तरिका, बध गर्ने स्थान पशु चौपाया राखेको स्थान भन्दा टाढा भए नभएको लगायतका अन्य विषयहरु माथि निगरानी एवम् अध्ययन गरिएको छ ।

एनिमल नेपालका प्रतिनिधि रामचन्द्र आचार्यले कुनै पनि बधशाला मापदण्डअनुसार नभएको बताए । बधशालासम्बन्धी नियमावली–२०७५ अनुसार त्यहाँ भएका कुनै पनि बधशाला मापदण्डअनुसार निर्माण गरिएको नपाइएको आचार्यले जानकारी दिए । उनले भने, ‘पशु माथि गरिने यस्ताखालका गतिविधिहरु सरासर अन्यायपूर्ण छन् ।’

बधशालासम्बन्धी नियमावली–२०७५ ले पशु चौपायालाई बध गर्नु अघि पूर्णरुपमा स्वास्थ्य चेकजाँच गरेको हुनुपर्ने, मासु काटेपछि पुन चेकजाँच गरेर मात्रै उपभोक्ता मार्फत् बजारमा लैजानुपर्ने, कोल्ड स्टोरको उचित ब्यबस्थापन हुनुपर्ने, ज्वरो आएका पशुपंक्षीलाई बध गर्न नपाइनेलगायतका नियमहरुको अधिनमा रहेर बधशाला सञ्चालन गर्न पाइने ब्यबस्था गरेको छ ।

स्थानीय बासिन्दा रामहरि तिवारीका अनुसार सबै बधशालाहरु मापदण्ड बिपरित सञ्चालन हुने गरेका छन् । ‘यहाँ भएका सबैजसो बधशालाहरु मापदण्डअनुसार निर्माण भएका छैनन्’ तिवारीले भने, ‘यसको प्रत्यक्ष असर हामीले भोग्नु परेको छ । विशेषगरी गर्मी याममा यस क्षेत्रमा दुर्गन्ध फैलने र हिडडुल गर्न समस्या आउने गरेको छ ।’

पुङ्गी खोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै बग्ने गरेको छ । पुङ्गी खोलालाई पछिल्लो समय भरतपुर महानगरपालिकाले सौन्दर्यीकरण गरि पर्यापर्यटनका रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छ ।

अनुगमन टोलिमा भरतपुर ३ का वडा सदस्य माधव अर्याल,एनिमल नेपालका प्रतिनिधिहरु, पत्रकार, प्रहरी, महानगर प्रहरी, सरोकारवाला निकायका प्रतिनिधिहरु, कृष्ण मार्ग शिवपथ टोल विकास संस्थाका सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शनिबार, असार २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.