चितवन । नारायणगढ–मुग्लिन सडक बिहान ३ बजेदेखि अवरुद्ध भएको छ । तुइन खोला नजिकै पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको रामनगर ट्राफिक प्रहरीले जनाएको छ ।
पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । लगातार पहिरो खसेकाले पन्छाउन समस्या भइरहेको बताइएको छ । यसअघि २८ घण्टा अवरुद्ध भएको यो सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको थियो ।



