चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित ३ नम्बर पुलमा दिउसो साढे १ वजेदेखि अवरुद्ध भएको सडक अझै सञ्चालनमा नसकेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा लगातार माथीबाट सुख्खा पहिरो खसिरहेको कारण पहिरो हटाउने काम समेत सुरु गर्न सकिएको छैन । सडक सञ्चालनमा आउन नसक्दा चितवनबाट काठमान्डौ पोखरा जाने तथा ती क्षेत्रबाट चितवनतर्फ आउने सवारी साधनहरु विचबाटोमै रोकिएका छन् ।लामो समयसम्म सडक सञ्चालनमा नआउँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।



