पाल्पा, असार ४–
कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी रामपुर नगरपालिका–८ भुजातकी १४ वर्षीया पार्वती रामजालीको शव फेला परेको छ।
गत जेठ ३२ गते नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन्। चार दिनपछि आइतबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। पार्वतीको शव सोही वडाको आँपचौरस्थित डुबेको स्थानभन्दा करीब १ किलोमिटर तल शव फेला परेको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



