• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

जापानमा हराइरहेकी चितवनकी आरतीको शव समुन्द्री किरानमा भेटियो, शव ल्याउन सहयोगको अपिल


चितवन, जेठ ९-

जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ ।

मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो । ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ के कारणले घटना घट्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीको अन्तिम रिपोर्ट आएको छैन । सबै अनुसन्धान नसकिएसम्म प्रहरीले केही भन्दो रहेनछ ।’

एनआरएन जापानकी प्रतिनिधि संगिता अधिकारीलाई भेट्न आरतीकी आमा राधिका खनाल अहिले काठमाडौमा छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनको शवलाई चितवन ल्याउन सबैको सहयोग आवश्यक पर्ने परिवारले जनाएको छ । भिनाजु न्यौपानले भने, ‘ अहिले परिवार सबै विक्षिप्त रहेकोले शवलाई के गर्ने कसरी नेपाल ल्याउने भन्ने केही निर्णय गर्न नै सकेको छैन । सबैको सहयोग र पहलको आवश्यकता पर्छ ।’
आरती हराउनुभन्दा एक दिन अघिमात्र परिवारसँग सम्पर्क भएको थियो । आरतीको आमाले नारायणी अनलाइनलसँग कुराकानी गर्दे सुरुमा उनले राम्रोसँग काम गरिराखेको भए पनि पछिल्लो समयमा पढ्न भने कठिन रहेको बताउने गरेको जानकारी दिइन् । उनले भनिन्, ‘वैशाख १५ गते क्याम्पसको शुल्क तिर्नुपर्छ भनेकी थिइन् । काम गर्न नसके पैसा पठाइदिन्छु भनेको थिएँ । गएको ऋण तिर्नुपर्छ भन्ने कुनै टेन्सन दिएका थिएनौं ।’

अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुन्द्री किनारामा उनकै हुलियासँग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै डीएनए परीक्षणका लागि अस्पतालमा लगेको थियो । सोही शव नै बेपत्ता खनालको रहेको पुष्टि भएको एनआरएनए जापानलाई जानकारी गराएको थियो ।

प्राप्त शवको के कारणले मृत्यु भएको हो भन्ने कारण खुलाइएको छैन । शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ । शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी र साथबाट करिब ९ हजार येन फेला परेको बताइएको छ ।

खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दाबी गर्दै कानुनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् । जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १–३–२ मा बस्ने आरती विद्यार्थी भिषामा एक वर्षअघि जापान आएकी थिइन् ।

बेपत्ता खनालको परिवारले आवश्यक खोजी कार्यको लागि एनआरएनए जापान र जापानका लागि नेपाली दूतावासलाई जिम्मेवारी दिएको थियो । एनआरएनए जापानले जापान प्रहरीसँगको समन्वयमा खोजतलास कार्यलाई तीव्रता दिएको थियो ।

परिवार नेपाली दूतावासलगायत सरोकारवाला निकायसँगको आवश्यक समन्वयमा छलफल गरी निजको अन्त्येष्टि गरिने एनआरएनए जापानले जनाएको छ । उनी एक वर्ष पहिले चितवनका अकारुई एजुकेशन कन्सल्टेन्सीबाट जापान गएकी थिइन् । कन्सल्टेन्सीका सञ्चालक प्रज्वल पौडेलले कन्सल्टेन्सीको पेजमा आरतीको फोटो सेयर गर्दै सो कुरा जानकारी गराएका थिए । उनले जापानमा भएकाहरुले आरतीको खोजी गरिदिन आग्रह गरेका थिए ।

 

 

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.