गैँडाकोट । गैँडाकोट ६ का ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक संघ गैँडाकोट ६ ले आफ्नो वडामा भएको ३० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र गुलकोज दिएर सम्मान गरेको हो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख छत्रराज पौडेलले ज्येष्ठ नागरिकसँग धेरै ज्ञान, अनुभवहरु रहेको बताउँदै यसले नयाँ पिढिलाई सहि बाटो देखाउन मद्दत गर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरपरिवार, समाज सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
गैंडाकोट वडा नं ६ का वडा अध्यक्ष शुभाष चापागाईंले वृद्धवृद्धालाई आवश्यक कुराको पहल गर्नका लागि ज्येष्ठ नागरिक संघले राम्रो काम गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिक गैँडाकोट ६ वडा समितिका अध्यक्ष भिमलाल शर्माले ज्येष्ठ नागरिकहरुका लागि काम गर्ने भनेर बनाएका सम्पूर्ण योजना अनुरुप काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । उहाँले उपस्थित नभएका ज्येष्ठ नागरिकलाई घरमै गएर सम्मान गर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तामान वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटा, ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष हरि सापकोटा, जनप्रतिनिधिहरु, संंघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण ज्येष्ठ नागरिक संघ गैँडाकोट ६ का वडा सचिव जनक आचार्यले गर्नु भएको थियो ।
गैँडाकोट ६ का ज्येष्ठ नागरिकलाई सम्मान \
गैँडाकोट ६ का ज्येष्ठ नागरिकलाई सम्मान \
तपाईको प्रतिक्रिया



