गैँडाकोट । नवलपुरको गैँडाकोटमा बैसाख २८ गतेदेखि जेष्ठ ३ गतेसम्म प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।एसपीएम कलेज स्वतन्त्र विद्यार्थी यूनियन गैँडाकोट २ को आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र बनाइएको कलेज परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र विद्यार्थी यूनियन एसपीएम कलेजका सभापति विज्ञान न्यौपानेले नवलपुर र चितवनका गरि कुल २२ वटा समूहले खुल्ला भलिवल प्रतियोगितामा सहभागिता जनाउने बताउनुुभयो ।प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार ५५५ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र तथा द्धितिय हुने समूहलाई ३० हजार ३३३ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुुभयो ।प्रतियोगितामा सहभागिता जनाउनका विभिन्न समूहले नाम दर्ता गराउन सुरु गरेको भन्दै आयोजकले बैसाख २६ गतेभित्र नाम दर्ता गरिसक्न आग्रह गरेको छ ।
एसपीएम कलेज ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको प्रमुख आतिथ्यता तथा स्ववियू सभापति विज्ञान न्यौपानेको अध्यक्षतामा भएको पत्रकारसम्मेलनमा प्राचार्य दिपेन्द्र पौडेल, प्राध्यापक माधव सिग्देल, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन स्ववियू सह-सचिव शास्वोत अधिकारीले गर्नुभएको थियो ।



