नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले आज चितवन बन्दको आह्वान नगरिएको बताएका छन् । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको उनले जानकारी दिए ।
पोल्ट्री व्यवसायी एवम् कांग्रेस नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै कांग्रेसले आज दिउँसो १ बजे केन्द्रिय बसपार्क चोकमा एक घण्टा चक्का जामको आयोजना गरेको छ । त्यसबाहेक अन्य कुनै कार्यक्रम नहरेको न्यौपानेले बताए ।
बसपार्क चोकमा एक घण्टा चक्का जाम गर्छौँ । अरु केहि कार्यक्रम छैन उनले भने चितवन बन्दको हल्ला फैलाउनेमा हाम्रो पार्टीको कुनै पनि संरचनाका नेता कार्यकर्ता संलग्न छैनन् ।
सामाजिक सञ्जालमा भने शंकर कँडेल न्यायिक संघर्ष समितिको नामबाट चितवन बन्दको आह्वान गरिएको छ । उक्त समितिको आधिकारीकता पुष्टि हुन सकेको छैन ।



