चितवन । चितवनको भरतपुर अस्पतालमा अपरेसनको तयारीमा रहेका एक विरामी अस्पतालबाटै हराएका छन् ।गैँडाकोट नगरपालिका वडा न. १४ नगरटाडी घर भएका ३२ वर्षका विरबहादुर परियार अस्पतालको ईमरजेन्सी कक्षबाटै सम्पर्क विहिन भएका हुन् ।
वैसाख १४ गते देखि भरतपुर अस्पताल भर्ना भएका उनको आज अपरेसन गर्ने तयारी थियो ।जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको पुष्टी गर्दै बेपत्ता भएका परियारको खोजीका लागि सहयोग गर्न अनुरोध गरेको छ ।




