चितवन, वैशाख ८–
वैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि गएराति १२ बजेदेखि मौन अवधि लागु भएको छ । मौन अवधि मतदान नसकिँदासम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी जस्ता कार्यक्रम गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न, मत माग्न, सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारलाई मत माग्न नपाइने आयोगले जनाएको छ ।
यस अवधिमा कुनै पनि उम्मेदवारको हार वा जितको पूर्वानुमान समाचार माध्यममा प्रकाशन पनि गर्न नपाइने व्यवस्था छ । आगामी आइतवार चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदै छ ।