चितवन ।
एमएमबिकेएल इभेन्ट एण्ड बहुउदेश्यिीय प्रालिको आयोजनामा चितवनको नारायणगढमा सुरु भएको साँस्कृतिक साँझमा आज चर्चित कलाकार पल शाह आउने भएका छन् । नयाँवर्षको अवसरमा आयोजना नारायणी नदी किनारमा आयोजना गरिएको विशेष साँस्कृतिक साँझमा आज चर्चित नायक तथा कलाका पल शाहको प्रस्तुती रहने भएको हो ।
कार्यक्रमका ब्यवस्थापक सानु खड्काका अनुसार दिउसो ४ वजेदेखि पलले दर्शकहरुलाई आफ्नो प्रस्तुती देखाउने भएका छन् । उनिसँगै बाल कलाकार सुप्रीम मल्लको समेत आज प्रस्तुुती रहने भएको छ ।
साँस्कृतिक साँझको पहिलो दिन हिजो हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित (भोजपुरी गायकंं), लगातय स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । कन्सर्टमा २०० देखि ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।