काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।
बिहान बिहानै सामाजिक सञ्जाल आफ्नो फेसवुक वालमा स्टाटस मार्फत उनले यस्तो आक्रोस पोखेका हुन् ।
उनले लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।
उनले देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका छन् ।



