चितवन – अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेललाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
महासंघ चितवन इन्चार्ज भीमबहादुर तामाङले मंगलबार अस्पतालका अध्यक्ष पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । अस्पताल हुने लापरबाही, भ्रष्टाचार, विचौलियाविरुद्ध खबरदारी गर्दै महासंघले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा दश वटा बुँदा समेटिएको छ । अस्पतालमा दक्षताको आधारमा नभई राजनीतिक दलको प्रभावमा कार्यकर्ता भर्ति गरि सेवा अस्तव्यस्त बनाएको ज्ञापनपत्रमा उल्लेख छ । अस्पतालको नयाँ भवन निर्माण र सामाग्री खरिदमा मेडिकल माफिया हाबी भएको, चरम आर्थिक हिनामिना भएको, एमआरआई मेसिनलगायत ठूला स्वास्थ्य सामाग्री खरिदमा आर्थिक चलखेल भएको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै अस्पतालको फार्मेसीमा औषधिको कृत्रिम अभाव सृजना गरेको, ल्याबमा गुणस्तरहिन सामाग्री खरिद गरि बिरामीको रिपोर्ट नै त्रुटिपूर्ण हुने गरेको, विपन्न नागरिकले नि:शुल्क पाउने औषधिमा समेत कृत्रिम अभाव सृजना गर्ने गरेको पनि ज्ञापनपत्रमा भनिएको छ । महासंघले बिरामीको सेवामा गम्भीर नभए कडा जनकारबाहीको चेतावनी पनि दिएको छ ।
यस्तो छ ज्ञापनपत्र :




