केही दिन अघि हाइलेन्डर ब्राण्डको भोड्का रक्सीमा मरेकाे छेपाराे फेला परेको समाचार प्रकाशित भएसगैं थप विषयमा जानकारी लिन र कम्पनीको धारणा बुझ्न हामी हाइलेन्डर कम्पनीमा पुग्याै र त्यहाँकाे म्यानेजर प्रेम श्रेष्ठ सङ कुराकानी गर्यौ।
रक्सी आफैमा हानिकारक हुन्छ त्यस माथी पनि जनजीवन सङ यसरी खेल्वाड हुने गरेर हाइलेन्डरले के गरेकाे यस्तो भनेर हामीले प्रश्न गर्दा उहाँले बाेत्तलकाे बिर्कोलाई हिट गरेर बातेल सजिलै खाेल्न सक्ने बताउदै बाेत्तल खाेलेर देखाउदै सुनियोजित ढंगबाट उक्त वस्तु हालिएको बताएका छन्। सो बाेत्तल परिक्षण गर्दा पनि बाेत्तलमा आधा पानी र आधि मात्रै अल्कोहल फेला परेको उहाँले बताउनुभयो ।
हाल हाइलेन्डर ब्राण्डकाे रक्सि लाेकप्रीय भइरहदा यसको बजार खराब गर्नलाई कसैले सुनियोजित ढगंबाट यस्तो गरेकाे कम्पनी पक्षको धारणा छ।



