नेपाली बजारमा अहिले चर्चित रहेकाे भाेड्काकाे ब्राण्ड हाइलेन्डरको सिल प्याक भित्रै मरेको जनावर भेटिएको छ । बाराको जितपुरमा हाइलेन्डर भित्र मरेको छेपाराे भेटिएको हो।
रक्सिमा आफैमा अस्वथकर वस्तु हो। त्यसमाथी पनि रक्सीमा भेटीएको छेपाराेले मानव जिवनमाथि खेलवाड गरेको देखिन्छ। बारा जितपुर उपमहानगरपालिका-७ काे एक हाेटलमा किनेकाे हाइलेन्डर रक्सिमा आधा छेपाराे भेटिएको हाे। छेपाराे भेटिए सगैं हाइलेन्डर रक्सि किन्न पुगेका एक ग्राहकले हाइलेन्डर रक्सीले मानविय जीवनमाथि खेलवाड गरेकाे भन्दै दु:ख व्यक्त गरेका छन्। उनले यति ठुलाे कम्पनीले उत्पादन गरेर बजारमा पुर्याउने सामनको चेक जाँच गरेर पाठाउन पर्ने र प्याकेजिङमा ध्यान दिनुपर्ने बताए। यता हाइलेन्डर ब्रान्डको प्रोडक्सन म्यानेजर प्रेम श्रेष्ठसङ कुराकानी गर्दा उहाँले भने आफ्नो ब्राण्डको रक्सीको सिल कमजोर भएकोले र आफुहरुले बजारमा ब्रान्ड लिदै गरेकोले अतिरन्जित शक्तिले आफुलाइ हानी पुर्याउन यस्तो गरेको भन्दै आफुहरुबाट गल्ती नभएको बताएका छन्।