• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

चितवनमा जुत्ता चप्पल मेलाको नाममा ‘ड्यामेज’ सामान बेच्दै व्यवसायी


चितवन, ३ चैत ।

फागुन १८ गतेदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको चितवन जुत्ता चप्पल मेलामा ड्यामेज सामान बिक्री भइरहेको छ ।
नेपाली उत्पादन भन्दै सस्तोको नाममा उपभोक्तालाई ठग्नेगरी खराब र कमसल सामान बिक्री भइरहेको उपभोक्ताको गुनासो छ । चितवनको रत्ननगर–१० का कृष्ण शर्माले राम्रो देखेर किनेको पार्टी शुज छ दिन लगाउन नपाउँदै च्यातिएको गुनासो गरे । ‘मेला सुरु भएपछि नेपाली जुत्ता पाइन्छ भनेर भेनस शुजको स्टलबाट पार्टी शुज किनेको थिएँ’ उनले भने, ‘एक हप्ता लगाउन नपाउँदै जुत्ताको छालाबाट माथिल्लो लेयर उप्किन सुरु भयो ।

’
किन्ने बेलामा राम्रो र आकर्षक देखिएको जुत्ता लगाउँदै गएपछि केही दिनमै उप्किन सुरु गरेको उनले गुनासो गरे । जुत्ता साट्न जाँदा स्टलमा रहेका कर्मचारीहरुले विभिन्न बाहाना बनाउँदै जुत्ता साट्न आनाकानी गर्ने गरेको उनले बताए । मेलामा नेपाली उत्पादन भनेर विभिन्न १० कम्पनीका जुत्ता चप्पलहरु बिक्री भइरहेका छन् ।

जुत्ता चप्पल मेलामा भेटिएका भरतपुरका छवि लामिछानेले जुत्ता चप्पलको मूल्य व्यक्तिअनुसार फरक गर्ने गरेको बताए । ‘मेरो साथीले सस्तोमा चप्पल लिएको भएर म पनि किन्न आएको थिएँ’ लामिछानेले भने, ‘त्यही स्टलमा त्यही सामानको भोलिपल्ट दोब्बर मूल्य भनेर बिक्री भइरहेको थियो ।’ मेलामा व्यक्ति अनुसार फरक फरक मूल्य लिएर उपभोक्ता ठग्ने काम भइरहेको लामिछानेको भनाइ छ ।

आफूले सधैँ नेपाली जुत्ता चप्पल नै प्रयोग गर्ने गरेको भन्दै लामिछानेले नाम चलेका कम्पनीलाई सहभागी नगराइदा आयोजकको नियतमाथि शंका गर्ने ठाउँ रहेको बताए । ‘मैले सधैँ नेपाली जुत्ता चप्पल नै प्रयोग गर्ने गरेको छु, गुणस्तर र मूल्य ठीकै हुन्छन्’ लामिछानेले भने, ‘यहाँ मेलामा त न गुणस्तर छ, न त मूल्य नै सस्तो छ । तर, भन्ने बेलामा ५० प्रतिशतसम्म छुट भनेर हल्ला गरिएको छ ।’ नेपाली सामान भनेर उपभोक्तालाई ठगी गर्दै अन्यत्र उत्पादन भएको सामान बिक्री भइरहेको लामिछानेको भनाइ छ ।

चितवनको सौराहाका जीवन गिरीले कहीँ कतै बिक्री नभएका ड्यामेज सामानहरु बिक्री गर्नका लागि मेला लगाइएको बताए । ‘सबै ठाउँबाट फिर्ता भएका सामान बेच्न चितवनमा मेलाको नाममा उपभोक्तालाई ठग्ने काम भएको छ’ उनले भने, ‘सामानमा ग्यारेन्टी भनेर बेच्छन् तर सामान साट्न जाँदा विभिन्न बाहना बनाउने गरेका छन् ।’

मेलाको बारेमा उपभोक्ताबाट आएको गुनासो मेलाका संयोजक होमनाथ उपाध्यायले मूल्य एउटै सामानको दुई दिनमा मूल्य फरक पर्नुका कारण त्यसको गुणस्तर बएको दाबी गरे । ‘सामानको क्लासअनुसार मूल्य निर्धारण गरेर बिक्री वितरणका लागि राखिएको हुन्छ’ उपाध्यायले भने, ‘ए क्लासको समानलाई बीको भन्दा मूल्य बढी पर्छ ।’ उनले विदेशबाट जुत्ताको सेल र अपर ल्याएर यहाँ फिटिङ हुने गरेको स्वीकार गर्दै ती सामानलाई नेपाल सरकारले नै कच्चा पदार्थको रुपमा राखेको बताए ।

‘कतिपय व्यवसायीले जुत्ताको अपर र सोल दुवै आयात गरेर यहाँ जोडेर बिक्री गर्नुहुन्छ’ उपाध्यायले भने, ‘कोही व्यवसायीले भने सोलमात्रै वा अपर मात्रै ल्याएर यहाँ जोडेर बिक्री गर्नुहुन्छ ।’ ती सामानलाई भन्सारबाटै कच्चा पदार्थ भनेर राजस्व बुझाएर ल्याउन पाइने भएको हुँदा यहाँ ल्याएर जोडेर मात्रै बिक्रीगरे पनि ती सामान नेपाली उत्पादन हुने उपाध्याको दाबी छ । मेलाको स्टलमा बसेका एक कर्मचारीले आफूहरुको उत्पादन नेपाली नभएको स्वीकार गर्दै, विदेशबाट सामान ल्याएर नेपालमा सिलाएर मात्रै बिक्री गर्ने गरेको बताए । ‘सबै कुराहरु भारतबाट आउँछ’ उनले भने, ‘हामीले यहाँ सिलाएर नेपाली ट्याग लगाएर बेच्ने गरेका छौँ ।’

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा जुत्ता चप्पल मेलाको आयोजना गरिएको हो । मेलामा बि एफ डियर हिलर, शुजल्याण्ड, शिखर शुज, क्रसरोड, फस्ट वाक, रनशुज, भेनस शुज, केटिएम शुज, शिल, हाईलाईफ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्री बिक्रीका लागि राखिएको छ ।

मेलामा नेपाली नाम चलेका उद्योगहरु गोल्डस्टार, ब्ल्याक हर्स, रोयल शुज, म्याजिक फुटवयर, क्यालिबर शुज, डोचा शुज जस्ता ब्राण्डका उत्पादन राखिएको छैन । विदेशमा समेत आफ्नो उत्पादन निर्यात गर्ने उद्योगको सामानलाई मेलामा सहभागी नगराइ चितवनमा स्वदेशी उत्पादनको नाममा कम गुणस्तरीय सामान बिक्री भइरहेको आम उपभोक्ताको बुझाइ छ ।

शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.