• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को आज एकै दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार शनिबार सातौँ दिन मेलाको अवलोकन गर्न १५ हजार बढी दर्शक पुगेका हुन् ।

आज शनिबार भएका कारण पनि मेला अवलोकनका लागि दर्शकहरुको उपस्थिति बढी पाइएको अधिकारीले बताए । उनकाअनुसार हालसम्म मेलाको ४५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी औद्योगिक व्यापार मेला चैत १ गतेसम्म सञ्चालन हुने भएकाले महोत्सवको एक लाख बढी दर्शकले अवलोकन गर्ने अधिकारीको भनाइ छ ।

शनिबार मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक शिव हमाल, जमुना राना, लाली सिंजाली, बाल कलाकार सुप्रिम मल्ललगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार कलाकारहरुले एकल प्रसतुतीका साथै दोहोरी गीतसमेत गाएका थिए । शनिबारको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती राखेका संयोजक लम्सालले जानकारी दिए ।

मेलाको सांस्कृतिक कार्यक्रमअन्तर्गत भोलि आइतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, चर्चित ¥यापर मिस्टर डीसहितका कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ । शनिबारको सांस्कृतिक कार्यक्रमको अध्यक्षता गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिकोरुपमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष श्रवणकुमार जोशी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिकोरुपमा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, मेलाको संयोजक सञ्जीवबहादुर कोइराला, सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनलगायतको उपस्थिति रहेको थियो ।

महोत्सवको सातौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको महोत्सवको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए । कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाकोरुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ ।

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पु¥याउने बताए । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका भट्टचनले बताए । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुरलाई छनोट गरिएको उनको भनाइ छ ।

‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय : समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला प्रवेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको भट्टचनले बताए । ११ दिनसम्म सञ्चालन हुने मेलामा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.