• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चैत १ गतेबाट तेस्रो भरतपुर गोल्डकप हुँदै

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा तेस्रो भरतपुर गोल्डकप हुने भएको छ । आगामी चैत १ देखि ११ गतेसम्म स्थानीय सिद्धार्थ माविको मैदानमा प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भरतपुर –२४ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विकास लामा तामाङले राष्ट्रियस्तरको खेल खेलाउने तयारीस्वरुप प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । देशकै केन्द्रभागमा रहेको वडा भरतपुर २४ भए पनि आदिवासी, जनजातिलगायतको समुदाय बस्ने पिछडिएको वडाकोरुपमा रहेको वडालाई पर्यटकीय दृष्टिकोणबाट अघि बढाउन समेत फुटबल प्रतियोगिताले सहयोग पु¥याउने तामाङको भनाइ छ ।

युवाहरुलाई खेलकुद तथा सामाजिक काममा जोड्न यस प्रतियोगिताले मद्दत पुग्ने भन्दै अध्यक्ष तामाङले युवाहरुलाई संगठित बनाइ देश एवं युवाहरुको नैतिक, चारित्रिक, आर्थिक तथा शैक्षिक विकासमा अघि बढाउनु आफूहरुको मुख्य उद्देश्य भएको बताए । क्लबका सहसचिव मौसम अधिकारीले प्रतियोगितामा चितवनका ६ टिमसहित नवलपुर, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट १० टिमको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई नगद रु दुई लाख ५१ हजार तथा उपविजेतालाई रु एक लाख ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अधिकारीको भनाइ छ । हरेक दुई÷दुई वर्षमा गोल्डकप आयोजना गर्दै आएको भन्दै अधिकारीले गोल्डकपमा सहभागी हुने फुटबल टिमको यातायात तथा खाना र बस्ने सबै व्यवस्था आयोजकले गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा भरतपुर खेलकुद विकास समितिका सदस्य एवं फुटबल समिति संयोजक दिपेन्द्र पण्डितले महानगरपालिकाको खेलकुदको विकासका लागि आफूहरुले सक्दो काम गरिरहेको बताए । खेलकुदका माध्यमबाट स्वस्थ नागरिक हुने भन्दै खेलकुदले नै खेलाडी र राष्ट्रको नाम विश्वसामु पु¥याउने भएकाले महानगरले खेलकुदमा लगानी गरेको बताए । उनले खेलकुद प्रतियोगिता सञ्चालन गर्दा राज्यबाट दिइने अनुदान तथा सहयोग रकमबाट कर कट्टी गर्न नहुनेसमेत बताए ।

सो पत्रकार सम्मेलनमा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले वडास्तरमा हुने खेलकुदका लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक रहेको बताए । आफ्नो वडा विपन्न नागरिकले भरिएको क्षेत्र भएको भन्दै उनले यहाँको कृषिलाई पर्यटनसँग जोड्नका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यविधि नबन्दा स्थानीय तहबाट खेलकुदका लागि छुट्याइएको बजेटले प्रशिक्षक राखेर खेलाडीलाई प्रशिक्षण दिन नपाइएको गुनासो गरे ।

आगामी दिनमा कार्यविधि बनाएर कुशल खेलाडी उत्पादनका लागि काम गर्ने गोदारको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । चैत १ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुने भन्दै अध्यक्ष तामाङले प्रतियोगिता अवधिभर सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । पत्रकार सम्मेलनमा भूमि आयोग चितवनका अध्यक्ष बद्रि प्रसाद तिमिल्सीना, क्लबका सदस्यहरु अस्विन थापा, बुद्ध गोलेलगायतको उपस्थिति थियो ।

शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.