नवलपुर । गर्मी याम , साँझपख विस्तारै चिसिँदै गएको मौसम । महोत्सवको सांगीतिक कार्यक्रम परिसर वरीपरी दर्शकको संख्या घट्दै गइरहेको थियो । जब गीत गाउनका लागि चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी स्टेजमा उक्लिए, तब दर्शकहरुको उपस्थिति बाक्लिन थाल्यो ।
बद्रि पङ्गेनीले महोत्सवमा गीत गाउन थालेपछि वरपर भएका मात्रै नभइ महोत्सवस्थल बाहिर भएका मान्छेसमेत टिकट काटेर सांगीतिक कार्यक्रम भएको स्थानमा आउन थाले । दर्शकहरुको उपस्थितिले हौसिएका गायक पंगेनीले करिब एकघण्टा दर्शकसँग बिताए । उनी स्टेजमा उक्लिएपछि परदेशमा भएका छोराको व्यथा समेटिएको गीत गाएर दर्शकलाई भावुक बनाए ।
मञ्चमा उक्लिएर ‘आमा बिदा पाउँदिन…’ बोलेको गीत गाउन सुरु गरेका बद्रि आफू भावुक हुँदै दर्शक दीर्घामा गएर गाउन सुरु गरे । उनले गीत गाउँदै गर्दा महोत्सव अवलोकनका लागि पुगेका महिलाहरु भावुक हुँदै बद्रिको गीतमा साथ दिइरहेका थिए । त्यसपछि उनले आफ्ना अन्य गीतहरु गएका थिए । त्यसपछि उनले तिम्रो घरमा मेरी छोरी, चप्पल छिनियो, रातो पछ्यौरी, म त नेपालीलगायतका गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
आफ्ना एकल प्रस्तुतीहरुसँगै उनले लोक तथा दोहोरी गायिका सुशीला गौतमसँगै प्रत्यक्ष दोहोरी पनि गाएका थिए । आजको कार्यक्रममा महोत्सवा बद्रिसँगै सुशीला गौतम र मोडल तथा डान्सर आरुसी मगरलगायतका कलाकारहरुले प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए ।