मेलाका अवसरमा बुधबार मेलास्थलमा खुल्ला रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको छ । गैँडाकोट–२ युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रमा ३६ जनाले रक्तदान गरेका मेलाका सहसंयोजक भट्टचनले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थासँगको सहकार्यमा बुधबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको भट्टचनको भनाइ छ ।