प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा मंगलबार चर्चित गायिका प्रिती आलेले दर्शको साथ पाएकी छिन् । मंगलबार होलीसमेत परेका कारण आलेलाई साथ दिने दर्शकहरु नदीकिनारमा अत्यधिक सहभागी थिए । प्रितीले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई करिब दुई घण्टा मनोरञ्जन दिएकी थिइन् ।
मञ्चमा चढेपछि गीत गाउन सुरु गरेकी आलेले आफ्ना चर्चित लोक तथा दोहोरी गीतसँगै दोहोरी ब्याटल पनि गाएकी थिइन् । साथै उनले प्रत्यक्ष दोहोरी गीत गाएर समेत दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार मंगलबार मेलाको सांस्कृतिक कार्यक्रममा आलेसहित उर्गेन दोङ, रोशन राना, प्रतिमा गैरे तथा अन्य स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । प्रिती र रोशनले प्रत्यक्ष दोहोरी गाएर मेलामा दर्शकलाई रमाइलो गराएका थिए ।