• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

बागलुङका १० पालिकामध्ये जैमिनी उत्कृष्ट


बागलुङ । बागलुङ जिल्लाका १० पालिकामध्ये कार्य सम्पादनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालै सार्वजनिक प्रतिवेदनअनुसार कार्य सम्पादन मूल्याङ्कनमा बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट भएको छ ।

आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन मूल्याङ्कनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको हो । आयोगले स्थानीय तहले प्रविष्ठ गरेको विभिन्न १७ वटा सूचकाङ्कका आधारमा जिल्लाका १० पालिकामध्ये जैमिनी नगरपालिकाले सबैभन्दा बढी अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जैमिनी नगरपालिकाले ६७ दशमलब ७३ अङ्क प्राप्त गरेको छ ।

नगरपालिकाले लिएको लक्ष्य, पारदर्शीता, सुशासन तथा कार्य सम्पादनका आधारमा जिल्लाका पालिकामध्ये सबैभन्दा बढी अङ्क प्राप्त गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । “सूचकाङ्कका आधारमा कार्य सम्पादन मूल्याङ्कनमा ६७ दशमलव ७३ अङ्क प्राप्त गरेको हो, यो जिल्लाका अन्य पालिकामध्ये उत्कृष्ट अङ्क हो”, शर्माले भने, “नगरपालिकाको संस्थागत निर्णय, माथिल्लो निकायलाई तिर्नुपर्ने विभिन्न कर, राजस्व सङ्कलन तथा व्ययको अनुमान गरे नगरेको लगायतका १७ सूचकाङ्कमा जैमिनी नगरपालिका राम्रो देखिएको हो ।”

कार्य सम्पादन मूल्याङ्कनमा ढोरपाटन नगरपालिका दोस्रो भएको छ । ढोरपाटन नगरपालिकाले ६३ दशमलब ३६ अङ्क प्राप्त गरेको छ । बरेङ गाउँपालिकाले ६१ दशमलब ९७ अङ्क प्राप्त गरी तेस्रो भएको छ । तमानखोला गाउँपालिकाले ६१ दशमलब ५७, गलकोट नगरपालिकाले ६१ दशमलब ०१, बडिगाड गाउँपाकिलाले ५७ दशमलब ८७, बागलुङ नगरपालिकाले ५६ दशमलब ४०, ताराखोला गाउँपालिकाले ५४ दशमलब ३१, काठेखोला गाउँपालिकाले ५३ दशमलब ६० र निसीखोला गाउँपालिकाले ५२ दशमलब ४४ अङ्क प्राप्त गरेको छ ।

स्थानीय तहले विसं २०७९ असार १० गतेभित्र आव २०७९–८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेश गरे नगरेकालाई पहिलो सूचक बनाइएको छ । आव २०७९–८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकालाई दोस्रो सूचक बनाइएको छ ।

स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आव २०८०–८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेकोलाई चौथो सूचक बनाइएको छ ।

स्थानीय तहले आव २०७८–७९ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेकालाई पाँचौँ सूचक बनाइएको छ । आव २०७८–७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजस्व सङ्कलन रकम, यथार्थ राजस्व सङ्कलन रकम, कूल विनियोजित रकम, कूल पुँजीगत विनियोजित रकम, कूल पुँजीगत खर्च, कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचकमा समावेश गर्दै अङ्कभार दिएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औषध खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८–७९ मा चार पटक गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाइएको छ ।

Ratopati.com

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.