कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं: ५ सातपत्रे निवासी एक महिला सहित ४ वर्षको छोरी हराएकी छन् । गत माघ २९ गते भतिजीको गुनियोचोलीका लागि आरुङ्खोला जान्छु भनी हिडेकी सातपत्रे निवासी २७ बर्षिय सीता शाहि सम्पर्क विहिन भएकी परिवारले जानकारी दिए । भतिजीको गुनियोचोली सकेर भोलि आउछु भनेर बिहान ८ बजे घरबाट निस्केकी थिइन् ।
आरुङ्खोला भाउजु थिम जान्छु भनि घरबाट निस्किएकी र नातेदारदेखि इष्टमित्र सबै तिर सम्पर्क गर्दा समेत फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरमा खोजी गराईपाउ भनि निवेदन दिएको ससुरा बुवा तुल्सा मल्लले जानकारी दिनुभयो । उनको ६ वर्षका एक छोरा घर छन् भने ४ वर्षको छोरीलाई साथमा लिएर गएको परिवारले जनाएको छ ।
नीज सीतालाई फेला परेमा नजिकैको प्रहरीचौकी वा १०० मा सम्पर्क गर्न परिवार स्रोतले अनुरोध गरेका छन् । त्यस्तै उनलाई फेला परेमा निम्न मोबाईल नम्बरमा समेत सम्पर्क गर्न परिवारले आग्रह गरे । फोन नं; ९८६७३८२२१८



