चितवन : ‘चितवन बैँकर्स फुटसल प्रतियोगिता’ २०७९ को उपाधी सिद्धार्थ बैंक लि चितवन शाखाले हात पारेको छ । वर्ल्ड डिष्ट्रिव्युसन नेपाल प्रालिको आयोजनामा फागुन १३ गते शनिबार चितवन स्थित बैँककर्मीहरु विच सम्पन्न प्रतियोगितामा सिद्धार्थ बैंक लि चितवन शाखाले उपाधी हात पारेको हो । भरतपुरको गौतमचोकस्थित फुटबल मैदानमा शनिबार सम्पन्न उक्त खेलमा सिद्धार्थ बैंक लि पहिलो भएको कार्यक्रम सयोजक विनोद प्रधानले जानकारी दिए । १६ टिमले सहभागिता जनाएको उक्त खेलमा आयोजक वर्ल्ड डिष्ट्रिव्युसन नेपाल प्रा.लि उपविजेता बनेको थियो ।
आयोजक वर्ल्ड डिष्ट्रिव्युसन नेपाल प्रा।लि। चितवनमा एटीएम मेसिनको कारोबार गर्ने व्यापारिक समूह हो । प्रतियोगितामा मोबाइल वालेट खल्तीको सहआयोजना रहेको थियो । विजेता सिद्धार्थ बैंकले ८ गोल गरेको थियो भने उपविजेता बनेको आयोजकले एक गोल मात्र गरेको थियो । प्रतियोगिताको समापनमा विजेताले मेडल कप र २० हजार रुपैयाँ नगद पुरस्कार पायो भने उपविजेताले मेडल कप र १० हजार रुपैयाँ नगद पुरस्कार पायो । प्रतियोगिताका संयोजक विनोद प्रधानले विजेता खेलाडीलाई मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।