• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

अहिले थाक्ने समय होइनः मन्त्री पाण्डे


चितवनः शहरी बिकास मन्त्री बिक्रम पाण्डेले निर्माण व्यवसायीहरुमा एकता र एकरुपताको खाँचो रहेको बताउनु भएको छ । निर्माण व्यवसायी संघ चितवनको २९ औं बार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले व्यवसायीहरुलाई एक भएर राम्रो काम गर्नु पर्ने बताउनुभएको हो ।
व्यवसायीहरु एक जुट हुन नसक्दा निर्माण व्यवसायीहरुको समस्या समाधान हुन नसकेको बताउनुभयो । अहिले साना व्यवसायीमा समस्या देखिएको भन्दै उहाँले महासंघले सबै व्यवसायीहरुलाई एक रुपमा हेर्नु पर्ने बताउनुभयो ।
उहाँले व्यवसायीहरुलाई भन्नुभयो “ समयमा गुणस्तरीय काम गर्नुस राज्यले तपाईहरुलाई सहयोग गर्छ ।“ उहाँले थप्नुभयो “ क्वालिटीको काम गर्नुस्, समयमा काम सक्नुस र कसै संग नझुक्नुस् ।“ देश हामीलेनै बनाउनु पर्ने भन्दै उहाँले विदेशीले राम्रा कुरा गर्छन पछि काम हामीले गर्नु पर्छ । नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर संकट समाधान गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “तपाईहरु न थाक्नुस । अहिले थाक्ने समय होईन ।“
कार्यक्रममा बोल्दै बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले व्यवसायीहरु आत्तिनु पर्ने अबस्था नरहेको बताउनुभयो । विश्वमा देखिएको आर्थिक मन्दिको असर नेपालमा पनि देखिएको बताउँदै उहाँले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरिएको बताउनुभयो । आयात बढ्नु र निर्यात हुन नसक्नुले समस्या देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “ निजामती कर्मचमरी, निर्माण व्यवसायीहरु र सबै राजनैतिक दलहरुले सरकारलाई सहयोग गर्नु पर्छ ।“ अहिले बढेको विलासिताको सामान खरिदमा कमी गर्न सके केही हद सम्म समस्या समाधान गर्न सकिने उहाँको भनाई थियो ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई सबैले स्वीकार गर्नु पर्ने बताउनु भयो । सरकारले हरेक पटक ऐन परिवर्तन गर्दा आफु खुशी भएकाले समस्या बढ्दै गएको उहाँको भनाई छ । कोभिड र रुस एवं युक्रेनको युद्वका कारण नीजि क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो । आफुहरु सरकारको सहयोगिका रुपमा काम गर्न तयार रहेको बताउँदै उहाँले राज्यले पनि समग्र निर्माण व्यवसायीको समस्या समाधान गरिनु पर्ने बताउनु भयो ।
साधारण सभामा बोल्ने व्यवसायीहरुले बैंकको व्याजका कारणा निर्माण व्यवसायी धरासायी वन्दै गएको गुनासो गरेका छन् । बैकका कारण साना व्यवसायीहरु ठूलो समस्यामा परेको उनीहरुको भनाई थियो । सार्वजनिक खरिद ऐन संसोधन बिधयक निर्माण ब्यवसायीलाई समस्या पार्ने गरि ल्याउन लागिएको बताउनुभयो । यसलाई निर्माण व्यवसायीहरु बिच छलफलमा ल्याएर मात्रै सदनमा लैजान आग्रह गरेका थिए । कामको प्रगतिको आधारमा मासिक रुपमा भुक्तानीको व्यवस्था हुनु पर्ने उहाँहरुले माग गर्नु भयो । कार्यक्रममा महासंघका सल्लाहाकार यक्षध्वज कार्की, निकोलस पाण्डे , महासंघका बरिष्ठ उपाध्यक्ष एडी लामा, नेपाली काङ्ग्रेस कार्यवहाक सभापति शालिग्राम शर्मा पौडेल, नेकपा एमालेका उपाध्यक्ष कमल पाठक, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, राप्रपाका जिल्ला अध्यक्ष रुद्र ढकाल, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशब प्रसाद लामिछाने लगायतले बोल्नु भएको थियो ।

शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.