चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् । रवि लामिछाने नेतृत्वको रास्वपा भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् ।
सापकोटाले पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको तर उहाँसँग समय नभएकोले भेट हुन नसकेको जानकारी दिए।
पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको सापकोटाले बताएका छन् ।
गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए ।
‘
राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए ।
‘माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनुपर्छ’ सापकोटा भन्छन्, ‘कुनै पनि पार्टीमा यस्तो अभ्यास छैन, यो पार्टीमा मात्रै केही सिमित घेराले पार्टी चलाउने काम गरेको छ ।’ सापकोटाले अब स्वतन्त्र भएर आफ्नो पेशा व्यवसाय नै गरेर बस्ने बताए ।