पूवी नवलपुरकाे हुप्सेकाेट गाउँपालिका वडा नम्बर ३ स्थित विराट सामुदायिक बन उपभोक्त समुहकाे १० अेाे साधारणसभा एवम् पाचौं अधिवेशन सम्पन्न भएकाे छ । जिल्ला डिभिजन वन कार्यलय नवलपुरका प्रमुख माेहन राज काफ्लेकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा बाल्नुहुदै काफ्लेले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताउनु भयाे । सामुदायिक वनहरूले चन्दा सहयाेग गर्ने गरेकाे हुर्दा नियम कानुन ऐनमा यस्ता रकमहरू बेरूजु देखीने हुर्दा यस्ता कार्य राेक्न आग्रह गर्नु भयाे ।
उहाँले वनले गर्ने कुनै पनि कार्यक्रमहरू गर्दा आफ्नै वडा क्षेत्र भए पनि उपभोक्ता बाहिर रहेरकार्य गर्न नहुने जानकारी गराउदै आग्रमी दिनकाे शुभकामना दिनु भएकाे थियाे । विशिष्ट अथितीका रूपमा रहनु भएकाे हुप्सेकाेट गाउँपालिका उपाध्यक्ष पुर्ण सिङ रानाले यस वनले गाउँपालपकाकाे गरिबी निवारण देखी समाजिक विकासमा खेलेकाे भुमीका अनुकरणीय रहेकाे बताउदै आगामी दिनमा गाउँ पालिका र वनले सहकार्य गर्दै जानु आवश्यक रहेकाे बताउनु भयाे ।
कार्यक्रममा वनका अध्यक्ष प्रेम बहादुर कार्कीकाे आ.व. २०७८/२०७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गरिबी निवारण अन्तर्गत परम्परागत व्यवसाय प्रवर्द्धन अनुदान, बंगुरको विर, बाबाको बैठे, भैसिको राँगो, गाईको बर पाल्नेलाई रु.१,२०००० अनुदान फर्म दर्ता गरी ५ वटा माउ नघटाई बाख्रा पालेका कृषकहरुलाई रु ३,५०,०००/- अनुदान , सामाजिक विकास अन्तर्गत बंगुरको फर्म दर्ता गरी ५ वटा भन्दा माथि माउ पाल्ने कृषकहरुलाई रु. ४०,०००/- अनुदान , भैसिको फर्म दर्ता गरी ५ वटा भन्दा माथि माउ सहित सञ्चालन गर्ने कृषकहरुलाई रू . १,५०,०००/- अनुदान आर्य स्थर न्यून भएका उपभोक्ता हरू मध्य २ परिवारलाई घर निर्माणको लागि रु. ६,००,०००/- अनुदान दिएकाे पनि जानकारी गराउनु भयाे ।
काेषाध्यक्ष मिनबहादुर कुमाल ले २०७८-२०७९सचिव उषा खाण ठकुरीले आम्दानी , खर्च र आन्तरीक लेखा प्रतिवेदन लेखा संयाेजक गुरु प्रसाद सुवेदी ले गर्नु भएकाे थियाे । जिल्ला डिभिजन वन कार्यलय पुर्वी नवलपुरकाे प्रमुख माेहन राज काफ्ले दुारा सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित २ घर हुप्सेकोट-३, गिरूवारी निवासी श्री पूर्ण माया वि.क. र सृजन कुमाल लाई १,१घर हस्तान्तरण गरिएकाे छ ।



