चितवन –
कमरेड निमा चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आज (बिहीबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा जनकौली एफसीलाई २-१ ले पराजित गर्दै कमरेड निमाले सेमिफाइनलमा स्थान बनाएको हो । कमरेड निमाको जितमा दुबै गोल हार्दिक भण्डारीले गोल गरे ।
खेलको चौथो मिनेटमा हार्दिकले गोल गर्दै कमरेड निमालाई अग्रता दिलाए । ३८ औं मिनेटमा जनकौलीले बराबरी गोल फर्कायो । ६३ औं मिनेटमा हार्दिकले व्यक्तिगत दोस्रो गोल गर्दै कमरेड निमाको जित सुनिश्चित गरे । हार्दिक नै म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा शुक्रबार शान्तिको किचन र हाईलाईट युथ क्लब भिड्नेछन् । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।