माघ,१२
गैडाकोट लायन्स ब्क्ल अफ चितवन डाईनामिक युथले लायन्सका जन्मदाता मेल्भिन्स जोन्स तथा सरस्वती पुजाको अवसर पारेर आज गैडाकोटमा स्कुले बिद्यार्थीहरुका लागी स्टेशनरी बितरण गरेको छ । क्लबले सरस्वती आधारभुत बिद्यालयमा अध्ययनरत ९२ जना बिद्यार्थीहरुका लागि स्टेशनरी बितरण गरेको हो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका क्लष्टर नं ३ का क्लष्टर चिफ बिनोद पन्त, जोन चियर पर्सन दिपक पराजुली,क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष केशबराज शर्मा, ब्यावस्थापन समितिका पुर्व अध्यक्ष भुमा पुन, बिद्यालयका प्रार्चाय गारीश्वर पौडेल लगायतले आफ्नो बिद्यालयलाई छनोट गरी सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिदै बिद्यालयको स्तरोउन्नतीमा लायन्सबाट सहयोगकोे अपेक्षा गरेको बताउनुभउको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष सिजन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ चितवन डाईनामिक युथ बिभिन्न सामाजिक गतिबिधिमा क्रियाशिल लायन्स क्लब हो ।





