चितवन –
कठार एफसीले चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
आज (बुधबार) सम्पन्न पहिलो चरणको अन्तिम खेलमा चिसापानी एफसीलाई पराजित गर्दै कठार क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा स्थान बनाउन कठारले चिसापानीलाई २-० ले निराश बनायो ।
कठारको जितमा अमित मगर र सन्जीव अर्यालले गोल गरे । खेलको २९ औं मिनेटमा अमितको गोलबाट कठारले अग्रता लियो । ४६ औं मिनेटमा सन्जीवले गोल गर्दै कठारलाई २-० को जित दिलाए । सन्जीव नै म्यान अफ दि म्याच घोषित भए ।
कठारले सेमिफाइनलका लागि भरतपुर ८ गौरीगन्जको सामना गर्नेछ । बिहीबार पहिलो क्वाटरफाइनलमा कमरेड निमा र जनकौली एफसी भिड्नेछन् ।
जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।