×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ८. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

अष्ट्रेलिया आउन चाहने नर्स र शिक्षकलाई ३ दिनमै भिसा ?


अष्ट्रेलिया :- दक्ष कामदार भिसाका लागि परेका आवेदन लाई छिटो मूल्याङ्कन गर्ने सरकारी निर्णय सँगै स्वास्थ्य कर्मी र शिक्षकहरूका आवेदन माथि तीन दिनमै निर्णय हुन थालेका छन्। सरकारले दक्ष भिसालाई “स्किल्ड भिसा” प्राथमिकतामा राखेसँगै “शिक्षक र स्वास्थ्यकर्मी” ले हालेका आवेदन माथि छिटो निर्णय हुन थालेका हुन्।

गृह मामिला विभागले यस अघिको प्रायरिटी माइग्रेसन स्किल्ड अकुपेसन लिस्ट (पीएमएसओएल) भनिने सुचीको प्रयोगलाई बन्द गरेको जनाएको छ।उक्त सुची पुरानो भएको र अस्ट्रेलियाको वर्तमान अवस्थामा कामदारको अभावलाई सम्बोधन नगर्ने भन्दै यसमा परिवर्तन गरिएको बताइएको छ।

सेप्टेम्बर २०२० मा लागु भएको उक्त प्रावधानमा सुरुमा ४४ वटा पेसालाई प्राथमिकतामा राखेर निर्णय गर्ने बताइए पनि यस वर्षको अक्टोबर २८ देखि उक्त प्रावधान हटाइएको हो।यसमा इन्जिनियर, सेफ, एकाउन्टेन्ट, साइक्याट्रीस्ट, प्रोगामर र फार्मासिस्टहरु परेका थिए।

नर्स र डाक्टरहरू पनि उक्त सुचीमा रहेको भए पनि शिक्षकहरू भने यसमा समावेश थिएनन्।गृह मामिला विभागका अनुसार नयाँ मन्त्री स्तरीय निर्देशन नम्बर १०० भनिएको उक्त प्रावधानमा विभागका कर्मचारीहरूलाई स्वास्थ्य र शिक्षा क्षेत्रबाट आवेदन परेमा प्राथमिकता दिएर अगाडि बढाउन निर्देशन दिइएको छ।

“यी भिसाका आवेदन तीन दिन भित्रमा मूल्याङ्कन हुन थालेका छन्,” गृह मामिला विभागका प्रवक्ताले एसबीएसलाई भने।नयाँ प्रावधान नोमिनेसनमा परेका स्किल्ड भिसा र निर्णय हुन बाँकी रहेका भिसामा लागु हुने बताइएको छ।

यसबाहेक नयाँ आवेदन हुने अस्थायी, रोजगारदाताले स्पन्सर गरेका र रिजनल भिसाहरूमा पनि उक्त प्रावधान लागु हुनेछ।प्राथमिकतामा परेका भिसामा विद्यालय शिक्षक, स्वास्थ्य एवम् कल्याण सम्बन्धी सहयोगी कामदार, बाल हेरचाह केन्द्रका व्यवस्थापक, मेडिकल साइन्टिस्ट। काउन्सलर, साइकोलोजिस्ट, सोसियल वर्कर र मेडिकल टेक्निसियन छन्।

प्राथमिकतामा परेका दक्ष भिसाहरूको नयाँ सूची

नयाँ मन्त्री स्तरीय निर्देशन अनुसार निम्न भिसा आवेदनलाई प्राथमिकतामा राखिने भएको छ।

१.स्वास्थ्य क्षेत्र र शिक्षा सम्बन्धी विषयमा परेका आवेदन।
२.रोजगारदाताले प्रयोजन गर्ने भिसा, स्वीकृति भएका रोजगारदाताले आफ्ना कामदारका लागि आवेदन दिएका भिसा।

३.तोकिएका रिजनल क्षत्रका लागि
४.आप्रवासन कार्यक्रमका लागि योग्य स्थायी र प्रोभिजनल भिसा सब्क्लासहरू, सबक्लास १८८ बाहेक (बिजनेस इनोभेसन एन्ड इन्भेस्टमेन्ट प्रोभिजनल भिसा)
५.अन्य सबै भिसा आवेदनहरू

माथि उल्लेखित भिसाहरू सबै देशका नागरिकले नपाउने भएकाले योग्य मुलुकका आवेदन मात्र प्राथमिकतामा पर्ने बताइएको छ।प्रोभिजनल र स्थायी दक्ष भिसाका प्रत्येक श्रेणीमा अस्ट्रेलिया बाहिर रहेका मानिसहरूलाई प्राथमिकतामा राखिने बताइएको छ।

नयाँ नियम निम्न लिखित दक्ष भिसाहरूमा लागु हुने बताइएको छ।

सबक्लास १२४ (Distinguished Talent)
सबक्लास १८६ (Employer Nomination Scheme)
सबक्लास १८७ (Regional Sponsored Migration Scheme)

सबक्लास १८८(Business Innovation and Investment) (Provisional)
सबक्लास १८९ (Skilled – Independent)
सबक्लास १९० (Skilled – Nominated)

सबक्लास १९१ (Permanent Residence (Skilled Regional))
सबक्लास ४५७ (Temporary Work (Skilled))
सबक्लास ४८२ (Temporary Skill Shortage)

सबक्लास ४८९ (Skilled – Regional (Provisional))
सबक्लास ४९१ (Skilled Work Regional (Provisional))
सबक्लास ४९४ (Employer Sponsored Regional (Provisional))

सबक्लास ८५८ (Global Talent)
सबक्लास ८८७ Skilled – Regional)
सबक्लास ८८८ (Business Innovation and Investment (Permanent)

भिसा आवेदन माथि छिटो निर्णय

गृह मामिला विभागका प्रवक्ताले अस्ट्रेलियाको महामारीका कारण सीमा बन्द हुँदा पुराना आवेदन माथि निर्णय गर्न “धेरै समय लाग्ने र जटिल हुने भएकाले” यस अघिको पीएमएसओएल प्रणाली निर्माण गरिएको बताए।

“पीएमएसओएल हटाउँदा, वर्तमान अवस्थामा दक्ष कामदारको अभाव भइरहेका बेला, श्रम बजारको आवश्यकतालाई हेरी छिटो निर्णय गर्ने दिनेछ,” उनले बताए।

गृह मामिला विभागका पूर्व सचिव अबुल रिज्भी परिवर्तनले प्रक्रियालाई छिटो बनाउने कुरामा सहमति जनाउँछन्।उनका अनुसार “फराकिलो पेसाहरूलाई लक्षित गर्दा भिसा प्रक्रिया छिटो हुन्छ”।

“हरेक पेसालाई लक्षित गरिसके पछि प्राथमिकता सूची राख्नुपर्छ जस्तो मलाई लाग्दैन,” रिज्भी भन्छन्।रिज्भीले सरकारले शिक्षक र स्वास्थ्यकर्मीहरूलाई केन्द्रमा राखेकोमा आफू सकारात्मक रहेको बताए।यद्यपि, सरकारले सोचे जस्तो आवेदनहरू प्राप्त गर्ने कुरामा भने उनी आशङ्का व्यक्त गर्छन्।

“उनीहरूले शिक्षक र नर्सहरूको आवेदन पाउन साथै निर्णय दिनेछन्।”स्किल्ड माइग्रेसन अकुपेसन लिस्टको प्रभावकारीताका बारेमा सरकारले अध्ययन गरिरहेकाले थप परिवर्तन आउने अपेक्षा गरिएको छ।

यो लिस्ट अन्तिम पटक सन् २०१९ को मार्च ११ मा अद्यावधिक गरिएको थियो।यस बाहेक सरकारले अस्ट्रेलियाको आप्रवासी कार्यक्रमको पनि समीक्षा गरिरहेको छ।तीन विज्ञहरूले यसका बारेमा अध्ययन गरिरहेको र यसको अन्तरिम रिपोर्ट फेब्रुअरीसम्म आउने अपेक्षा गरिएको छ।

समीक्षाको अन्तिम रिपोर्ट भने मार्च वा अप्रिल महिनासम्म आउने छ।उच्च तहमा रहेर काम गरेका पूर्व सरकारी कर्मचारी मार्टिन पार्किन्सन पनि आप्रवासी कार्यक्रमको समीक्षा गर्ने विज्ञ मध्ये एक हुन्।

यता द ग्राटन इन्स्टीच्यूटले भने प्रति वर्ष ८५,००० डलर भन्दा माथि तलब दिने रोजगारदाताले आफ्ना कर्मचारीलाई स्थायी रूपमा स्पन्सर गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ।

यसै गरी संस्थाले वार्षिक ७०,००० डलर भन्दा बढी तलब भएका आप्रवासीहरूलाई अस्थायी रूपमा स्पन्सर गर्न योग्य बनाउने पनि सल्लाह दिएको छ।

हाल अस्थायी रूपमा स्पन्सर दक्ष कामदार भिसा वार्षिक ५३,९०० डलर भन्दा माथि तलब पाउने केही पेसाहरूमा मात्र उपलब्ध रहेको छ।जागिर सम्बन्धी अनलाइन प्लेटफर्म सीकका अनुसार अस्ट्रेलियामा शिक्षकले वर्षको ८५,००० देखि १००,००० डलरसम्म कमाउँछन् भने नर्सले भने ७०,००० देखि ९०,००० सम्म कमाउँछन्।

भिसाको “ब्याकलग” कम हुँदै

गत जुन महिना यता गृह मामिला विभागले करिब ४३,००० अस्थायी भिसा र ४७,००० स्थायी भिसाका आवेदनमा निर्णय दिइसकेको छ।गत नोभेम्बरमा अध्यागमन मन्त्री एन्ड्रु जाइल्सले कमिटी फर इकोनोमिक डेभलपमेन्ट(सेडा)को सम्मेलनमा निर्णय दिन बाँकी भिसा आवेदनहरूको सङ्ख्या १० लाखबाट ७,५५,००० मा झरेको बताएका थिए।

मन्त्री जाइल्सले सन् २०२२ को अन्त्य सम्म निर्णय हुन बाँकी भिसा आवेदनहरू ६००,००० मा झार्ने पनि जनाएका थिए।गत मे महिनाको तुलनामा डिसेम्बरमा थप करिब ४४२ जना कर्मचारीहरू अस्थायी र आप्रवासी भिसा मूल्याङ्कनमा लागेको एसबीएसले जानकारी पाएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष अस्थायी दक्ष भिसालाई स्वीकृत गर्ने प्रतिशत पनि बढेको देखिन्छ। पहिलेको वर्ष भन्दा भिसा दर १२०% बढेको छ। – एस बि एस नेपालि बाट

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.