नवलपुर ।
(नवलपरासी बर्दघाट सुस्ता पूर्व ) नवलपुरको कावासोती नगरपालिका एक लोकाहा स्थित खरकट्टा जङ्गलमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुटवलबाट नारायणगढका लागि छुटेको लु १ ख ३७२ नं. बस पट्टा भाँचिएर दुर्घटना भएको हो ।
आज दिउसो चार बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको कावासोती १६ स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पट्टा भँचिएर ब्रेक नलागेपछि बस सडकदेखि तल पल्टिएको सूचाना अधिकारी तथा प्रहरी नायव उरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।