जाडो मौसममा चिसो हुने हुदा वढि मात्रा शारीरिक एक्ससाइज गरिदैन तसर्थ यसवाट नसा च्यापिने समस्या बढी देखिने गर्छ । यस सम्बन्धी समस्या हुन नदिन आफ्नो नियमित जीवनशैलीलाई ख्याल गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।
नियमित एक्ससाइज नहुँदा शरीरका इन्द्रियहरु सक्रिय हुँदैनन् । शहरी भेगका मानिसको फुर्सद हुने बिहान र बेलुकाको समयमा एक्ससाइजको लागि निस्कँदा प्रदूषणको जोखिम पनि बढी हुन्छ । त्यसैले चिसोमा हिँडडुलभन्दा पनि बसाइ बढी हुने हुँदा आवश्यक गतिविधि हुँदैन । अरु इन्द्रियजस्तै चिसो मौसममा मुटुकै गतिविधि पनि सुस्त भइरहेको हुन्छ । चिसोकै कारणले छातीको इन्फेक्सन पनि बढिरहेको हुन्छ ।
चिसोमा शारीरिक अभ्यासको कमीका कारण नसासम्बन्धी समस्या बढी देखिने गरेको वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन एवं न्यूरोलोजी डिपार्टमेन्टका प्रमुख डा राजीव झा बताउँनुहुन्छ ।
डा झा भन्नुहुन्छ ,जाडोमा हाम्रो शरीरका मांसपेशीहरु मांसपेशीहरु कडा कक्रक्क हुन्छ । त्यसपछि मांसपेशीले नसा च्यापिन्छ ।’ जाडो महिनामा नुहाउँदा जिउ सिरिंग हुन्छ । यसले गर्दा घाँटी कडा भएर आउँछ । चिसोमा घाँटी कडा वा बांगो भयो भनेर अस्पताल आउनेहरु पनि धेरै हुन्छन् । यसले शरीरमा दुखाइ महसुस हुन्छ । तर यो एक हप्ता जतिमा सामान्य अवस्थामा फर्किने समस्या हो ।
घाँटीको नसा च्यापिने लगायतका समस्या कसैलाई भयो भने त्यस्तो समस्या बारम्बार दोहोरिरहन्छ । यसलाई फिजियोथेरापीबाटै निको बनाउन सकिन्छ । तर कतिपय अवस्थामा चिसोको मौसममा देखिने नसासम्बन्धी कतिपय समस्याहरु दीर्घकालीन जोखिम बोक्ने खालका पनि देखिन्छन् ।
यस समस्याको समाधाका लागी डा झा केही विधि भन्नुहुन्छ , चिसो मौसममा एक्ससाइज कम हुँदा पनि नसासम्बन्धी समस्या तुलनात्मक रुपमा कम गर्न सकिन्छ ।
खानाहरु एकदमै पोसिलो र सजिलै पचाउन सकिने खालको खानुपर्छ । कतिपयले चिसोको बहाना बनाएर चुरोट र मदिरा सेवन गर्ने गर्छन् । यसले तत्कालीन अवस्थामा शरीरलाई केही तातो महसुस गराएपनि यसले नसा लगायत शरीरको अंगमा भने चिसोमा झनै समस्या निम्त्याउने गर्छ ।
दोस्रो कुरा शरीरलाई चलायमान बनाइराख्नुपर्छ । शारीरिक परिश्रम गर्ने मान्छेको त भइहाल्यो, अरुले पनि दैनिक कम्तीमा ४(५ घण्टासम्म भनेपनि हिँड्नुपर्छ ।
मानिसले चिसो मौसममा अरु बेलामा जस्तो फ्री भएर एक्ससाइज गर्न सकिँदैन । बिहान हिँडडुल गर्न नसक्नेले सम्भव भए दिउँसोको समयमा अभ्यास गर्न सक्छन् । घर वा कार्यालयमै पनि हिँडडुल गर्नुपर्छ । कम्तीमा दैनिक ८र१० पटक तलमाथि गर्नुपर्छ । एउटै तलामा ८र१० पटक हिँडडुल गर्दा पनि हुन्छ । तर यो बुढाबुढीको हकमा उचित हुँदैन ।
एक्ससाइजसँगै मान्छेलाई पोषणको सन्तुलन पनि मिलाउनुपर्छ । कतिपयले पोषणको नाममा खाना कम गर्ने गर्छन् ।
त्यो एकदम गलत कुरा हो , खाना जति सकिन्छ खाने अनि एक्सरसाइज पनि गर्ने गर्नुपर्छ ।