• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

चितवनका सयभन्दा बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


चितवन : चितवनका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी संक्रमित भएका हुन् । संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । तीमध्ये सातजना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन् । चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा संक्रमितको संख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा सङक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताए । उनले भने, ‘अत्यावश्यक नपरी अस्पताल नआउनुहोला । कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ ।’

यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार तीन जना चिकित्सक २२ जना नर्स, सातजना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएसँगै केही सेवामा असहजता आए पनि सेवा रोक्नुपर्ने अवस्था भने अझैसम्म नरहेको उनले बताए । चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा रहेका छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो ।

संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भए पनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ । अधिकांश होम आईसोलेसनमा रहेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

  • कोरोना संक्रमण
  • चिकित्सक स्वास्थ्यकर्मीमा
  • चितवन
  • सयभन्दा बढी
मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.