उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका-५ मा मंगलबार बिहान गुडिरहेको बसले किचेर एक यात्रुको मृत्यु भएको छ।
वर्रेबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना.३.ख.७९४४ नम्बरको बसबाट अकास्मात झर्दा वडा-५ भोगटेनीका ५० वर्षीय कृष्ण राईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार स्थानीय चौकमा गाडी रोक्नेक्रममा अकस्मात बसबाट झर्दा पछाडिको टायरले किच्न पुगेको हो।
घटनालगत्तै प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरीको टोलीले चालक र बसलाई नियन्त्रणमा लिएको उनले बताए ।
घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले जानकारी दिए । स्थानीय ढकबहादुर राउतका अनुसार राई तरकारी लिएर नेपालटार बजार बिक्रीका लागि बसबाट आउँदै थिए।