धरान उपमहानगरपालिकाले आज माघ १ गते देखि लकडाउन गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले आज १ गते देखि १५ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।
बैठकले लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिनुभयो ।
लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।
बजार, पसल ,तरकारी पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।