• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रजनन् क्षमता कम हुने सोचमा कोरोना खोप लगाउन आनाकानी


चितवन : कोरोनाको तेस्रो लहर सुरु हुँदा समेत अल्पसंख्यक समुदायको रुपमा रहेको चेपाङ्ग समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ्ग समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाईएको छ । जिल्लाका सात पालिका मध्ये ६ पालिकामा चेपाङ्ग समुदायको बसोबास रहेको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिका चेपाङ्गको बसोबास रहेको पाईन्छ । यी पालिकामा वि। सं। २०६८ सालको जनगणना अनुसार २८ हजार ९८९ जना चेपाङ्गको बसोबास रहेको छ । जस मध्ये अहिले सम्म ६ हजार ३ सय २७ जना अर्थात २१ दशमलब ८२ प्रतिशत चेपाङ्गले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

जिल्लामा रहेका सात पालिका मध्ये राप्तीमा २ हजार ७ सय चेपाङ्ले खोप लगाएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ्ग समुदायको बाुहल्यता रहेको छ । ती वडामा ९० प्रतिशत चेपाङ्ग समुदायको बसोबास रहेको र ती वडामा १८ वर्ष माथिका मात्र आठ हजारले खोप लगाउनु पर्ने हो । चेपाङ्ग समुहदायमा सानो उमेरमानै बिबहा गर्ने परिपाटिका कारण खोप लगाउनेको संख्या कम भएको हुन सक्ने उहाँको भनाई छ । १८ वर्ष मुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यस समुदायमा सानो उमेरमानै बिबाह गर्ने प्रचलन रहेको छ । १८ वर्ष मुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागीता रहन्छ हेरौ ।”

कालिका नगरपालिकामा ३ हजार ८९ जना चेपाङ्ग समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङग् समुदायको बसोबास रहेको छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्र भन्दा टाढा बसोबास भएकाहरु खोप केन्द्र सम्म आउन समेत नखोजेको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ्ग समुदायले खोप किन आवबश्यक पर्छ भन्ने जस्ता कुराहरु गर्ने गरेका छन् । उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले कहि जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।”

यस्तै इच्छाकामना गाउँपालिकाको सबै जसो वडामा चेपाङ्ग समुदायको बसोबास रहेको छ । बिशेष गरि वडा नम्बर १, २ र ६ मा चेपाङ्ग समुदायको बसोबास रहेको छ । ती वसोबास रहेको क्षेत्रबाट २ हजार ३ सय ५० जनाले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजार भन्दा वढिले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार उमेर अनुसार खोप लगाउने क्रममा अब सो संख्या वढ्ने छ । चेपाङ् समुदायको बस्ति बिकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्र सम्म आउन समेत नखोज्ने गरेका कारण संख्या कम भएको हो ।

यस्तै खैरहनी नगरपालिकामा ३ सय ५० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकोमा सो संख्यामा चेपाङ्ग समुदाय रहेको बताउनुभयो । यस पालिकामा खासै नगन्य संख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिहरु मध्ये १ सय ७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ्ग समुदाय खोपमा सहभागी हुन नसकेको भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोल टोलमा शिविर संञ्चालन गर्दा समेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दिपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङ्गको संख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो ।

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ्ग समुदायको बसोबास रहेको छ । माडी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १ सय ३० चेपाङ्ग समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा वेवास्ता गरेका कारण खोप लगाउन आउनेको संख्या कम भएको हो । उहाँले भन्नुभयो “चेपाङ्गको बसोबास वढि संख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाई भएका कारण यस खोपबाट बन्चित भएका हुन सक्छन् ।”

चेपाङ्ग संघका पूर्ब केन्द्रिय अध्यक्ष गोविन्द चेपाङ्ग कोभिड खोपमा यस समुदायको सहभागीता न्यून रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कोभिडको बिषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।”कोरोना खोप लगाए पछि प्रजनन्मा समस्या हुने डर चेपाङ्गमा देखिएको उहाँले बताउनुभयो । कोरोना खोपका लागि चेपाङ्ग भाषमानै लेखिएको सन्देशहरु प्रचार प्रसार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । वि। सं। २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ३ सय ९९ चेपाङ्गको वसोवास रहेको छ । बिशेष गरि चितवन, मकवानपुर, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगाएतका जिल्लामा बसोबास गर्दै आएका छन् ।

चेपाङ्ग संघ चितवनका अध्यक्ष भिम वहादुर चेपाङ्गले डाँडा काँडामा बसोबास गर्ने भएकाले लगाउन आउने अबस्था नभएको बताउनुभयो । गिठा भ्याकुर खाने र खासै वजार नजाने भएकाले कोरोना लाग्दैन भन्ने यस समुदायमा परेको उहाँले जानकारी दिनुभयो । खोप केन्द्र आसपासमा बसोबास गर्नेहरुले मात्रै खोप लगाएको भन्दै उहाँले कोरोना खोपको बारेमा सूचना सम्प्रेशण प्रभावकारी वनाउन सरोकारवालाहरुलाई आग्रह गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले चेपाङ्ग समुदायमा कोरोनाको बिषयमा बिभिन्न किसिमका नकारात्मक हल्लाहरु चलाईएका कारण समस्या रहेको बताउनुभयो । सुरुवातको समयमा खोप लगाउनका लागि गाउँगाउँमा टोलि जाँदा घर भित्र लुक्ने वा बारि तिर जाने गरेको बताउनुभयो । यो समुदाय वजारको जनजीवन संग प्रत्यक्ष रुपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमि आएको हुन सक्ने उहाँको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानिय पालिकाहरुले प्रचार प्रसारमा जोड दिनु आबश्यक रहेको उहाँको भनाई छ । तिवारीले भन्नुभयो “हरेक वडामा स्वास्थ्य संस्था मार्फत खोपको व्यवस्थापन गरिएको छ । केन्द्र सम्म आउन नचाहानु समुदायको कम्जोरी हो ।”

कार्यालयका अनुसार जिल्लामा हाल सम्म ३ लाख ७० हजार ५४४ जनाले खोप लगाएका छन् । पहिलो मात्रा लगाएका मध्ये ३ लाख २० हजार ९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ जनाले, भेरोसेल २ लाख ३७ हजार ६०२ जनाले, एष्ट्राजेनिका ५१ हजार ९६२ जनाले, फाईजर बायोएनटेक १ हजार ८६७ जनाले र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोपहरु दुई मात्रा लगाउनु पर्ने तिवारीले जानकारी दिनुभयो ।यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ जनाले, भेरोसेल १ लाख ९६ हजार ७२९ जनाले, जोन्सन ३८ हजार ६७० जनाले र फाईजर बायोएनटेक १ हजार ७५७ जनाले लगाएका छन् ।पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भईनसकेको संख्या २० हजार हाराहारी रहेको छ ।

रासस

  • आनाकानी
  • कम हुने
  • कोरोना
  • क्षमता
  • खोप
  • प्रजनन्
  • लगाउन
  • सोचमा
बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.