काठमाडौं : ४० कटेसी रमाउला भन्ने गीतले नेपालमा खुबै बजार पाएको थियो ।
तर उक्त गीतको सही सदुपयोग बलिउड अभिनेत्रीहरु गरिरहेका छन् । बलिउडमा आफ्नो कामुक तस्विर र डान्सका कारण चर्चित अभिनेत्री मलाइका अरोराको उमेर पनि ४० कटेको छ ।
उनी ४८ बर्षकी भइसकेकी छिन् । तर उनका तस्विरले उनले उमेरलाई वेवास्ता गर्दै रमाइलो गरिरहेको प्रष्ट हुन्छ ।
हालै, उनले आफ्ना केही नयाँ तस्विरहरू इन्स्टाग्राममा अपलोड गरेकी छिन्, जसलाई फ्यानले निकै मन पराएका छन् । यी तस्बिरहरूमा मलाइका अरोरा चम्किलो सेतो गाउनमा परीभन्दा कम देखिएकी छैनन् ।
उनको हेराईलाई फ्यानहरूले पनि निकै रुचाइरहेका छन् ।
मलाइकाले बलिउडमा धेरै फिल्म र आइटम गीतहरुमा काम गरिसकेकी छिन् । यी तस्विरहरूमा मलाइकाले निकै स्टाइलिस पोज दिएको देखिन्छ ।