काठमाडौ : उनी मात्र कक्षा १० मा पढिरहेकी थिइन् । उनी त्यो बेला केटा नै थिइन् । तर केटीको जस्तो स्वभाव देखिन थालेको थियो । त्यही देखेर होस्टेलमा बस्ने ४० जना केटा मध्ये १ जनाले एकदिन प्रपोज गर्यो ।
‘हिमालय रोडिज सिजन – ४’ को नेपालगञ्ज अडिशनमा भेटिएकी रोज आफ्नो विगतको वास्तविक घट्ना वताउदै ,उनको आफ्नै वोलीमा –
म माथि सुतिरहेको बेला तल बोलायो “कम स्लिप वीथ मी” भन्यो । त्यसपछि उसले मलाई जबरजस्ती एब्यूज गर्यो । स्कुलमा ए र बी सेक्सन थियो । हामी ६० जना थियौँ । त्यो होस्टलमा ४० जना थियौँ ।
त्यसपछि भोलिपल्ट अर्को केटाले हिजो भएको घटना मेरो मोबाइलमा भिडियो छ अब मलाईपनि दे । उसले मलाई ब्लाकमेलिङ् गर्न थाल्यो । म बाध्य थिए । त्यसपछि ४० जनाले नै मलाई हरेक दिन एब्यूज गरे ।
म केही दिन बाध्य भए । तरपछि अलिक आँट गरेर होस्टल र परिवारलाई भनिदिन्छु भनेपछि त्यो क्रम रोकियो ।
हजुर त्यस्तो परिस्थिती भोगेकी रोज अहिले त्यो घटना भने जितिसकेकी छिन् ।
फरक लैङ्गिक पहिचान भएकी रोज केही गर्न सकिन्छ भन्ने दावी गर्दै आत्मविश्वास वोकेर आफू हिमालय रोडिज् सिजन ४ को सहभागी बनेको उनको भनाइ छ । संसारमा गर्न नसकिने कुरा के नै छ र ! अवसर पायो भने केही गर्न सक्छ भन्ने देखाउँन यो प्रतियोगितामा प्रतियोगि वन्न आएको उनको भनाई थियो ।