काठमाडौँ : स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ। नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको र अन्य प्रजातान्त्रिक देशविरुद्ध गतिविधि गरेको भन्दै काठमाडौँको माइतीघरमा सो समुहले चिनिया विरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लगायतका नारा लगाउँदै प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।