काठमाडौँ : ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका छन् ।