• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

को बन्ला एमालेबाट राष्ट्रपति ?

काठमाडौं,पुस ११-

एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी पदमा छिटै छलफल गरी निष्कर्षमा पुग्नेछौं,’ एमालेका एक नेताले भने ।

राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपति’दयगत धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो । एमालेका ती नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जनाभन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । एमाले स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ । यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेत्री हुन् । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी थिइन् ।

दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि बिदा हुँदै छिन् । एमालेबाट सुवास नेम्वाङ धेरै सम्भावना भएको नेतामा पर्ने एमालेका एक नेता बताउँछन् । ‘पार्टीभित्रको भूमिका र विगतको अनुभवले पनि उहाँ उपयुक्त नेता हो,’ ती नेता भन्छन् ।

संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान इच्छुक देखिन्छन् । यसैगरी एमालेले आफ्नो पार्टीभित्र रहेका अन्य केही पुराना र दलित जनजातिका नेतालाई पनि राष्ट्रपति बनाउन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार एमाले अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदार हुन् ।

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.