• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

परिवार पाल्न नौ महिना नदी किनारको बगरमा बास

दोधारा चाँदनी, पुस १०–
कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन् । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो ।

नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छन् । “बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु यहाँ आउन थालेको आठ वर्ष भयो”, उनले भने, “भारत गएर काम गर्न सकेनौँ, यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।” उनले महाकाली नदीको नदीजन्य पर्दाथ नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत बनेको बताउँछन् । “यही गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौँ, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उनले भने, “नौ महिना हामी यही बगरमै बसेर काम गर्छौँ ।”

उनीजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन् ।

भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहाले पनि परिवारको जोहो गर्न बगरमा सङ्घर्ष गर्नुपरेको छ । परिवारको खर्च जुटाउनका लागि आफूहरूसँग यसको विकल्प नभएको उनले सुनाए । “हाम्रो जातिको सुन छान्ने परम्परागत पेसा भए पनि अहिले हामी नदी किनारमा गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौँ”, उनले भने, “यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।”

उनले आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न हरेक दिन महाकाली नदीको बगरमा आउने गरेको बताए । उनले परिवारका सबै मिलेर मासिक रु २५ हजारसम्म कमाउने गरेको बताए । “चामल किन्नेदेखि छोराछोरीको स्कुलको शुल्कसमेत यही कमाइले व्यर्होनुपर्छ”, उनले भने, “दिनभर बगरमा काम नगरे साँझ–बिहान घरमा चुल्हो बाल्न मुस्किल पर्छ ।”

पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्किएका अशोक सोनाह पनि बगरमै गिट्टी, बालुवा छान्न व्यस्त हुन्छन् । “हाम्रो तीन पुस्ताले बगरमै गिट्टी, बालुवा छानेर परिवारको जोहो गरेको छ”, उनले भने, “सरकारले हाम्रा लागि सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।”

अहिले महाकालीमा नदीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुने गरेको छ । महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दा बढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेका छन् । अधिकांश परिवारसहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् । रासस

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.