• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

चितवन महोत्सवको तयारी तीव्र

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ ।उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सव स्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका महोत्सवहरु भन्दा यस महोत्सव पृथक बनाइने भन्दै श्रेष्ठले महोत्सवमा करिब ५०० स्टल रहने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले घरेलु तथा लघु उद्योगको उत्पादनलाई प्रवद्र्धन गरिने बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवं आर्थिक समिति संयोजक सहनलाल प्रधानले यसवर्ष महोत्सवमा कृषिलाई प्राथमिकता दिइने बताउनुभयो । ‘विगतमा हामीले माछा, मौरी, केरा लगायत विभिन्न उत्पादनलाई प्राथमिकता दिएका थियौँ’ प्रधानले भन्नुभयो, ‘यसपटकको महोत्सवमा पनि कृषिलाई प्राथमिकता दिइने भए पनि उत्पादनका बारेमा छलफल भइरहेको छ ।’ महोत्सवमा बालउद्यान सहित अटो, कृषि, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिसहितका स्टलहरु हुने बताउनुभयो ।

महोत्सव स्थलमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई निःशुल्क प्रवेश दिइने भन्दै उहाँले सर्वसाधारणका लागि रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको बताउनुभयो ।उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले यस महोत्सवमा पनि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर स्टलहरु निर्माण हुने बताउनुभयो । ‘महोत्सवमा मेड इन नेपाल र मेड इन चितवन भनेर रहनेछ’ केसीले भन्नुभयो, ‘साना उद्योगमा प्रयोग हुने मेसिनरीहरुलाई समेत प्रवद्र्धन गर्दै युवास्वरोजगारलाई जोड दिनेगरी महोत्सव हुँदैछ ।’ न्यून पुँजी लगानी गरी लघु उद्योग सञ्चालन गर्न सकिने उपकरणहरु महोत्सवमा रहने केसीको भनाइ छ ।

महोत्सव अवधिमा स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधारसहितका विषयमा राष्ट्रियस्तरको सेमिनार आयोजना हुने केसीले बताउनुभयो । चितवनलाई जैविक विविधताको भूमि भनेर चिनाउनेगरी महोत्सवस्थलमा विभिन्न जनावरहरुको आकृति राखिने केसीको भनाइ छ । ‘चितवनको जैविक विविधतालाई समेत प्रवद्र्धन गर्नेगरी महोत्सवमा विशेष आकर्षण रहनेछ’ केसीले भन्नुभयो, ‘चितवन चिनाउने हात्ती, गैँडा, गोहीलगायतका जनावरहरुको प्रतिमा निर्माण गरेर राख्ने तयारी भइरहेको छ ।’

यसपटकको चितवन महोत्सवको मुख्य प्रायोजकको रुपमा ‘सुपर जनरल इन्टरनेशनल’ रहेको छ । सुपर जनरल इन्टरनेशनल घरमा प्रयोग हुने विद्युतीय वस्तुहरु (होम एपलाइनसेस)को उत्पादन गर्ने दुबईको कम्पनी हो । यसको आधिकारिक विक्रेताकोरुपमा चितवनको नारायणगढस्थित लीलाचोकमा अल्फा इलेक्ट्रोनिक्स रहेको छ ।

आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.