काठमाडौं, मंसिर १०-
नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदै छन्। सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन । करिष्मा पेसाले एयर होस्टेस हुन। मंसिर १२ गते सोमवार विवाह हुन लागेको यो जोडीको आज चन्द्रागिरि रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोह भइरहेको छ।
करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको छ। भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा पुगेका छन्। यो जोडीको मंसिर १२ मा पातले फरेस्टमा विवाह र मंसिर १४ गते काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन सम्पन्न हुनेछ ।